×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्व बैंकले दियो नेपाललाई १० करोड डलर ऋण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विश्व बैंकले दियो नेपाललाई १० करोड डलर ऋण

Artha Sarokar

१७ बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विश्व बैंकको कार्यकारी सञ्चालक समितिले नेपाललाई १० करोड अमेरिकी डलर (हालको दरमा १२ अर्ब ९१ करोड ६३ लाख १० हजार रुपैयाँ) ऋण स्वीकृत गरेको छ । विश्व बैँकका अनुसार ‘नेपाल क्वालिटी हेल्थ सिस्टम्स प्रोग्राम’ अन्तर्गत नेपालको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ गर्न उक्त ऋण अनुमोदन गरिएको हो ।

कार्यकमले कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउने, स्वास्थ्य बिमाको कभरेज बढाउने र स्वास्थ्य आपतकालको तयारी तथा प्रतिकार्य गर्न स्वास्थ्य सेवा प्रणालीको क्षमता अभिवृद्धि गर्ने विश्व बैंकको भनाई छ ।

नेपालको स्वास्थ्य क्षेत्रको रणनीतिक योजना, २०२२–२०३० को रणनीतिक उद्देश्यहरु हासिल गर्न संघीयस्तरमा स्वास्थ्य बिमा बोर्ड तथा कोशी र गण्डकी प्रदेशका प्रदेश र स्थानीय सरकारको समन्वयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उक्त कार्यक्रम सञ्चालन गर्नेछ ।

जसअन्तर्गत स्वास्थ्य प्रणालीको दक्षता र उत्तरदायित्व अभिवृद्धि, स्वास्थ्यमा दिगो वित्तीय सहायता तथा सामाजिक सुरक्षा प्रवर्द्धन र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच प्रवर्द्धनलगायत उद्देश्यहरु समावेश रहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी