×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्याजदर घट्यो: मुद्दतीको ब्याज ९.९९ प्रतिशत, संस्थागतको ७.९९ प्रतिशतमा आयो

PRIME CA
GLOBAL IME BANK

ब्याजदर घट्यो: मुद्दतीको ब्याज ९.९९ प्रतिशत, संस्थागतको ७.९९ प्रतिशतमा आयो

२९ चैत्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको नेपाल बैंकर्स संघको बैठकले नयाँ वर्षदेखि ब्याजदर घटाउने निर्णय गरेको हो ।

योसँगै बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा कायम गरेका छन् । १ वैशखदेखि लागु हुने गरी निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झार्ने निर्णय गरेको एक बैंकका सीईओले बताएका छन् ।

ती सीईओका अनुसार १ वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको छ । त्यस्तै, संघको बैठकले साधारण बचतमा न्युनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने तथा कल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुन गरी ब्याजदर कायम गर्ने निर्णय गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: