×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थाहरुमा घटेको ब्याजदर आजदेखि लागू

PRIME CA
GLOBAL IME BANK

बैंक तथा वित्तीय संस्थाहरुमा घटेको ब्याजदर आजदेखि लागू

१ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले घटाएको ब्याजदर आज (शुक्रबार)देखि लागू भएको छ । ब्याज घटाउनुपर्ने चर्को आवाज उठिरहेको बीच बैंक तथा वित्तीय संस्थाहरुले घटाएको ब्याजदर बैशाख १ गतेदेखि लागू भएको हो ।

योसँगै बैशाख १ गतेदेखि वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर एकल अंकमा कायम भएको छ । १ वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ । त्यस्तै, साधारण बचतमा न्युनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत तथा कल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुन गरी ब्याजदर कायम गरिएको छ ।

यता विकास बैंकहरुमा बैशाखदेखि निक्षेपको ब्याजदर १०.६० प्रतिशत कायम भएको छ । त्यस्तै, यसअघि अधिकतम १२ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएका फाइनान्स कम्पनीहरुको ब्याजदर बैशाख १ गतेदेखि ११.२५ कायम हुने भएको छ । फाइनान्स कम्पनीहरुको हकमा २ वा सो भन्दा बढी वर्ष अवधिको मुद्धती निक्षेपमा सो ब्याज कायम रहने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: