×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवन –२ उपनिर्वाचन अपडेट : रामप्रसाद न्यौपानेलाई पछि पार्दै रवि लामिछानेको अग्रता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चितवन –२ उपनिर्वाचन अपडेट : रामप्रसाद न्यौपानेलाई पछि पार्दै रवि लामिछानेको अग्रता

Artha Sarokar

११ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । चितवन –२ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका रामप्रसाद न्यौपानेलाई पछि पार्दै अग्रता लिएका छन् ।

इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी