×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपनिर्वाचन अपडेटः चितवन २ मा १५ सय मतान्तरसहित रवि लामिछाने अग्र स्थानमा, जीत निश्चितप्रायः

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

उपनिर्वाचन अपडेटः चितवन २ मा १५ सय मतान्तरसहित रवि लामिछाने अग्र स्थानमा, जीत निश्चितप्रायः

Artha Sarokar

११ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित अग्र स्थानमा देखिएका छन् ।

पछिल्लो मत परिणामअनुसार रास्वपाका रवि लामिछाने आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राम प्रसाद न्यौपानेको भन्दा १५ सय २० मतान्तरले अगाडि देखिएको छन् ।

हालसम्म रवि लामिछानेले ३ हजार ६ सय २ मत पाउँदा नेकपा एमालेको राम प्रसाद न्यौपानेले २ हजार ८२ मत ल्याएका छन् । त्यस्तै, गठबन्धनका साझा उम्मेदवार जीत नारायण श्रेष्ठले भने जम्मा १ हजार ४ सय ९४ मत प्राप्त गर्दै तेस्रो स्थान पछ्याईरहेका छन् ।

मतगणनाको प्रारम्भिक परिणामअनुसार चितवन २ मा रास्वपाका रवि लामिछानेको जीत निश्चितप्रायः बनेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी