Skip to content
LAXMI SUNRISE BANK

धुर्मुस सुन्तलीले अलपत्र पारेको रंगशाला सरकारले बनाउने

अर्थ सरोकार

काठमाडौँ । धुर्मुस सुन्तलीले अलपत्र पारेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ । सरकारले स्वामित्व लिएर सो रंगशालाको निर्माण सम्पन्न गर्नेगरी सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले निर्णय गरेको छ ।

केही साताअघि फाउन्डेसनका संस्थापक कट्टेलले रंगशालाको स्वामित्व लिनका लागि सरकारलाई आह्वान गरेका थिए । धुर्मुस सुन्तलीले हात झिकेपछि रेणु दाहालको विशेष पहलमा सरकारले यस्तो निर्णय गरेको हो।

तीन हजार दर्शक क्षमता भएको प्यारापिटका लागि २ सय ८६ वटा पिलर उठाउँदै चौरमा दुबो गाड्ने काम भइरहँदा निर्माण रोकिएको हो । कट्टेलले अहिलेसम्म उधारोमा काम गरेको र ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भइसकेको बताएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK