Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकको सीईओ बन्दै थकाली

अर्थ सरोकार

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली बन्ने भएका छन् । हाल प्रभु बैंकको चिफ बिजनेश अफिसर रहेका थकाली कामना सेवा विकास बैंकको सीईओ बन्ने भएका हुन् ।

सञ्चालक समितिले थकालीलाई सीईओ बनाउने तयारी गरेको हो । बैंकले सीईओका लागि कुमारी बैंक चिफ अपरेटिङ अफिसर मुकुन्द सुवेदी, सनराइज बैंकका एशिसटेन्ट जनरल म्यानेजर हरीप्रसाद आचार्य र प्रभु बैंकका चिफ बिजनेश अफिसर दिनेश थकालीसँग अन्तर्वार्ता लिएको थियो । अन्तर्वार्ता लिइएका तीनैजनामध्ये दिनेश थकाली छनौटमा परेका हुन् । कामना सेवा विकास बैंकमा सीईओ बनेर जान लागेका थकालीको प्रभु बैंकमा भने राजिनामा स्वीकृत हुन बाँकी छ ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका थकाली प्रभु बैंक आउनुपूर्व सांग्रिला डेभलेपमेन्ट बैंकको कामु सीईओ थिए । साढे २ वर्ष प्रभु क्यापिटलको प्रवन्ध निर्देशनसमेत रहेका थकाली हाल भने प्रभु बैंकको चिफ बिजनेश अफिसरको जिम्मेवारीमा छन् । अब भने उनी कामना सेवा विकास बैंकको सीईओ बन्ने भएका हुन् । हाल कामना सेवा विकास बैंकमा विनय दाहाल कामु सीईओ छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK