×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकमा खाता हुनेहरु होसियार ! यसरी चोरिन्छ ग्राहकको पैसा, कर्मचारी प्रहरी हिरासतमा…(भिडियोसहित)

PRIME CA

एभरेष्ट बैंकमा खाता हुनेहरु होसियार ! यसरी चोरिन्छ ग्राहकको पैसा, कर्मचारी प्रहरी हिरासतमा…(भिडियोसहित)

अर्थ सरोकार

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार

काठमाडौं । के तपाईंको खाता एभरेष्ट बैंकमा छ ? यदी छ भने सचेत रहनुहोला। एउटा जिम्मेवार बैंकका गैरजिम्मेवार कर्मचारीले गरेको मनपरीका कारण बैंकबाट लाखौँ रुपैयाँ हराएको र बैंकका कर्मचारीले गरेको बदमासीका कारण एभरेष्ट बैंकमा पैसा सुरक्षित नभएको प्रमाणित भएको छ ।
भएको के हो ?
स्याङ्जाकी रेखा गुरुङको रकम बैंकबाटै एकाएक हरायो । आफुले मेहेनत गरेर बैंकमा जम्मा गरेको रकम हराएपछि उनी तनावमा हुनु स्वाभाविक नै भयो ।  भएको के रहेछ भने, बैंकका निरज प्रधान नाम गरेका कर्मचारीले ग्राहकको पैसा चलाईदिएका रहेछन् । ती कर्मचारीले ग्राहकको रकम चोरेर अन्यत्र सार्दा रहेछन् र रेखा गुरुङको पैसा पनि उनले यसरी नै चोरेका रहेछन् । अहिले निरज प्रधान प्रहरी खोरमा छन् ।
एभरेष्ट बैंकबाट ग्राहकको पैसा चोर्ने कर्मचारीको हर्कतमा बैंकको पनि लापरवाही देखिएको छ । इटहरीबाट ग्राहकको रकम भकाभक चोर्ने कर्मचारीको मनपरी बैंककै लापरवाहीको उपज देखिन्छ। इटहरीको कर्मचारीलाई नयाँ बानेश्वरमा रहेको ग्राहकको खातामा पहुँच बनाउन दिनु बैंकको लापरवाहीको स्पष्ट प्रमाण हो । बैंकका कर्मचारीले भकाभक पैसा चोरिरहे । ग्राहकको सबै विवरण कब्जामा लिएर बैंकका कर्मचारीले ग्राहकको पैसा अर्को खातामा ट्रान्सफर गरिरहे । पैसा चोर्ने निरज प्रधान बैंकको इटहरी साखाका अपरेशन इन्चार्ज हुन् ।
एभरेष्ट बैंककै लापरवाहीका कारण एभरेष्ट बैंकका कर्मचारीले थुप्रै खातावालाको पैसा दुरुपयोग गरेका छन्। आफ्नो अधिकारबाहिरको फिनाकल आईडी अर्थात अरुको फिनाकल आईडी प्रयोग गरेर बैंकका कर्मचारीले ग्राहकको खातामाथि पहुँच बनाएका छन् र पैसा चोरेका छन् । यसमा पैसा चोर्ने उनीमाथि होइन, आफ्नो आईडी उनलाई दिने र फिनाकल आईडीको दुरुपयोग हुन दिने बैंक दुवै जिम्मेवार छन् । रेखा गुरुङको केस त बाहिर आयो र सबैले थाहा पाए, यसरी एभरेष्ट बैंकबाट थुप्रैको पैसा गायब भईसकेको हुनसक्छ । तपाईंको पनि खाता एभरेष्ट बैंकमा छ भने तपाईं पनि सचेत हुनुहोला ।
एभरेष्ट बैंककै कर्मचारीले दिएको जानकारी अनुसार एभरेष्ट बैंकमा ग्राहकको पैसा चोरिएका घटना थुप्रै छन् । बैंककै लापरवाही र सिष्टममा गलत काम हुँदा पनि बैंकका कोहि सावधान नहुँदा ग्राहकका थुप्रै पैसा थुप्रै पटक चोरिएका छन् । तर मिडियामा नआएका हुनाले यी घटनाहरु गुपचुप छन् । ग्राहकले मेहेनत गरेर जम्मा गरेको रकम एभरेष्ट बैंकका कर्मचारीले हजम गरिरहेका छन्, ग्राहकको रकम गुमेको गुम्यै छ । अहिलेसम्म धेरै ग्राहकले त आफ्नो पैसा चोरिएको थाहा नै पाएका छैनन्, थाहा पाएको दिन धेरैको धेरै पैसा हराईसकेको हुनेछ र लफडा गर्नु र तनाव लिनुको विकल्प छैन ।
चोरिएको पैसा बैंकले फिर्ता गर्यो 
एभरेष्ट बैंकका कर्मचारीले ठगी गरेको रेखा गुरुङको पैसा बैंकले फिर्ता दिईसकेको छ । बैंकले पनि आफ्ना कर्मचारीबाट बदमासी भएको स्वीकार गरिसकेको छ । आफ्ना कर्मचारीले बैंकबाट ग्राहकको पैसा चोरेको पुष्टी भएपछि बैंकले कर्मचारी निरज प्रधानलाई प्रहरीसमक्ष बुझाएको छ । बैंकका ती कर्मचारीले कति ग्राहकको कति पैसा चोरे भन्ने थप विवरण प्रहरीले अनुसन्धान गरिरहेको छ । समग्रमा एभरेष्ट बैंक सुरक्षित छैन र रहेन भन्ने प्रमाणित भएको छ ।
अझ खास कुरा त के छ भने एभरेष्ट बैंकले गलत गर्नेलाई पटक पटक संरक्षण गर्ने गरेको छ । यसअघि पनि बैंकले १०० बढी फेक डिम्याट खाता खोलेर मनपरी गर्ने बैंकका कर्मचारीको बदमासी उल्टै ढाकछोप गरेर नीजलाई कारवाहीसमेत नगरी छोडेको थियो । कर्मचारी मनपरी गरिरहने, तर उनीहरु कारवाहीमा नपर्ने भएपछि बैंकमा निरन्तर यस्ता बदमासी मौलाएको छ ।
रेखा गुरुङको केसमा पनि बैंकले सहजै पैसा फिर्ता गरेको होइन । बैंकले आफ्ना कर्मचारीबाट बदमासी भएको पुष्टी भएपछि पनि उनको पैसा फिर्ता दिन इन्कार गरिरहेको थियो । तर घटना मिडियामा सार्वजनिक भएपछि बैंकले ग्राहकको रकम फिर्ता गरेको थियो । रेखा गुरुङको ठाउँमा एउटा सोझो ग्राहक वा बोल्न नसक्ने ग्राहक थियो भने उसको पैसा बैंकले पच बनाउने रहेछ भन्ने द्केहियो । रेखाकै अनुसार बैंकका कर्मचारीले सोझो देखेर उनको पैसा खान खोजेका थिए । तर टिकटकमा एभरेष्ट बैंकबाट पैसा हराएको भिडियो सार्वजनिक भएपछि बैंक पैसा गर्ने दबाबमा पर्यो र फिर्ता दियो । बैंकले उनीसँग माफी पनि मागेको छ ।
यसो त एभरेष्ट बैंकमा पैसा हराउने मात्र होइन, ग्राहकको पैसा चोरिने मात्र होइन नक्कली नोट भेटिएका घटना पनि अचाकली बढेका छन् । एक पटक होइन पटक पटक बैंकमा नक्कली नोट भेटिनुले दालमा कालो पक्कै केहि छ भन्ने शंकालाई प्रसय दिएको छ । त्यसैले तपाईं पनि एभरेष्ट बैंकको ग्राहक हुनुहुन्छ भने सचेत रहनुहोला । भिडियोः
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: