×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थतन्त्र सुधारका लागि राष्ट्रपति, प्रधानमन्त्रीलगायतको सेवा सुविधा कटौती गर्न महामन्त्री थापाको प्रस्ताव

PRIME CA

अर्थतन्त्र सुधारका लागि राष्ट्रपति, प्रधानमन्त्रीलगायतको सेवा सुविधा कटौती गर्न महामन्त्री थापाको प्रस्ताव

२२ चैत्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, नेपालको अर्थतन्त्र सुधारका लागि राष्ट्रपति, प्रधानमन्त्रीलगायत सरकारी अधिकारीको सेवा सुविधा कटौती गर्न प्रस्ताव गरेका छन् ।

बुधबार काठमाडौँमा आयोजित नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको राष्ट्रिय महाधिवेशन उद्धघाटन समारोहमा उनले सबैले समयमा ध्यान नपुर्याउदा नेपालको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको र अझै पनि सचेत नहुने हो भने झनै खतरा निम्तने चेतावनी दिएका थिए ।

मुलुकको वर्तमान स्थितिलाई मध्यनजर गर्दै सेवा सुविधाहरू घटाउनु पर्ने उनको सुझाव छ । उनले भने ‘प्रधानमन्त्री र राष्ट्रपतिले भन्न सक्नुपर्छ १२ जना १५ जना सल्लाकार राख्ने कानुनी प्रावधान छ तर म ५ जना मात्र राख्छु । हामी अप्ठेरो अवस्थामा छौँ । त्यसैले प्रधानमन्त्री सहित सबैले अत्यावश्यक बाहेक सबै खर्च कटौती गर्ने छौँ ।’

मन्त्रीहरू फोटो खिच्ने घुम्ने समय नभएको भन्दै उनले यो ३ महिना मन्त्रीहरूले अर्थतन्त्र सुधारका लागि सक्दो प्रयास गर्नु पर्ने बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: