×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमई बैंकद्वारा ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक

PRIME CA
GLOBAL IME BANK

ग्लोबल आईएमई बैंकद्वारा ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक

१९ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन । बैंकले मोबाइल बैंकिङ एप्लिकेशन- ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रकृयालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

यस हृयाप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन् । २०७९ साल चैत्र १९ देखि २०८० वैशाख १६ गतेसम्म दिन विशेष रुपमा चल्ने यस योजनामा प्रति ग्राहक प्रति दिन एक कारेबारको क्यासब्याकका लागि योग्य हुनेछ ।

यस योजनाअन्तर्गत निम्नानुसार क्यासब्याक उपलब्ध हुनेछ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय-समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: