×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिलका सीईओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित

PRIME CA
GLOBAL IME BANK

नबिलका सीईओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित

४ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन् । नेपाली बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सीईओ ढुंगानालाई ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मान गरेका हुन् ।

ढुङ्गानासँग बैंकिङ क्षेत्रमा झण्डै साढे दुई दशक लामो अनुभव छ । कुनै समय नेपाल राष्ट्र बैंकको निर्देशक रहेका ढुङ्गाना राष्ट्र बैंकको जागिर छोडेर निजी बैंकमा काम गर्न आएका थिए ।

सुरुमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको महाप्रबन्धक रहेको ढुङ्गाना त्यसपछि नेपाल बंगलादेश बैंकमा १० वर्ष सीईओ बने । हाल ढुङ्गाना नबिल बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रुपमा कार्यरत छन् ।

भारतमा चार्टर्ड एकान्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: