×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ढुकुटीमा पैसा राखेर विकासको काम ठप्प पारियो, वास्तविक मिटरब्याजी सरकार नै हो’- सांसद ज्ञानेन्द्र शाही

PRIME CA
GLOBAL IME BANK

‘ढुकुटीमा पैसा राखेर विकासको काम ठप्प पारियो, वास्तविक मिटरब्याजी सरकार नै हो’- सांसद ज्ञानेन्द्र शाही

२९ चैत्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले ढुकुटीमा पैसा राखेर विकासको काम ठप्प पारेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहीले सरकारले बैंकमा पैसा राखेर जनतालाई अलमलमा पार्ने काम गरिरहेको आरोप लगाएका हुन् । ‘मिटर ब्याजमा सरकारी पैसा ढुकुटीमा राखेर निर्माण व्यवसाय र विकासको काम ठप्प परेका छन् ।’, उनले भने, ‘यो छिटो भन्दा छिटो खुलाइयोस् । बैंकमा पैसा राखेर जनतालाई अलमलमा पार्ने काम नगरियोस् ।’

त्यस्तै, शाहीले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्छु भने पनि वास्तविक मिटरब्याजी सरकार नै भएको भन्दै आक्रोश पोखेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: