×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री महतलाई हानको चार बुँदे माग, ब्याजदर घटाउन र किस्ताको भाखा लम्ब्याउन विशेष आग्रह

PRIME CA

अर्थमन्त्री महतलाई हानको चार बुँदे माग, ब्याजदर घटाउन र किस्ताको भाखा लम्ब्याउन विशेष आग्रह

२३ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । होटल संघ नेपाल (हान)ले अर्थमन्त्रीसँग ब्याज तिर्ने भाखा बढाउन माग गरेको छ । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गर्दै हानका अध्यक्ष सृजना राणाको नेतृत्वमा गएको टोलीले यस्तो माग राखेको हो ।

हानले भूकम्प र कोभिडका कारण थला परेको होटल तथा पर्यटन उद्योग अझै पनि जटिल अवस्थामा रहेकोले अर्थमन्त्रीसँग व्यवसाय सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने माग राखेको हो । ‘अहिलेको अवस्था सबैलाई थाहा छ । हामी सबै जटिल अवस्थामा छौँ । अझ त्यसमाथि कोरोना महामारीका कारण होटल तथा पर्यटन व्यवसाय चौपट छ । यो बेला सरकारले सहुलियत दिनुपर्छ ।’ हानका अध्यक्ष सृजना राणाले भनिन्, ‘अर्थमन्त्री ज्यु हाम्रा मागप्रति सकारात्मक हुनुहुन्छ । उहाँबाट हामीले ठूलो अपेक्षा पनि राखेका छौँ ।’

अर्थमन्त्रीसँगको भेटमा हानले व्यवसाय चौपट हुँदा व्यवसायी पलायन हुनुपरेको विषयसमेत उठाएको थियो । पर्यटकको आवागमन र गतिविधि साह्रै न्युन हुँदा थप समस्या सृजना भएको बताउँदै हानले विभिन्न चार बुँदे मागसमेत अर्थमन्त्रीलाई बुझाएको छ ।

हानले बुझाएको ज्ञापन पत्रमा होटल उद्योगलाई अन्य उत्पादनमुलक उद्योग सरह आगामी बजेट र कानुनमै राष्ट्रिय प्राथामिकता प्राप्त उद्योगको रुपमा समावेश गर्न, महंगो ब्याजदर घटाउन, होटल उद्योगले तिर्नुपर्ने किस्ता र ब्याजको भाखा अवधि बढाउन र पुनतालिकीकरण र पुर्नकर्जाको सुविधा प्रदान गर्नुपर्ने मागहरु समावेश गरिएका छन् । हानले राखेको मागहरुप्रति अर्थमन्त्री सकारात्मक रहेको बुझिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: