×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘तरलता अभाव देखाएर बैंकहरुले ब्याज बढाउँदा स्वदेशी उद्योग धराशायी बने’- मुख्यमन्त्री कार्की

PRIME CA
GLOBAL IME BANK

‘तरलता अभाव देखाएर बैंकहरुले ब्याज बढाउँदा स्वदेशी उद्योग धराशायी बने’- मुख्यमन्त्री कार्की

३० चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकको ऋण ब्याजदरको वृद्धिका कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुगेको टिप्पणी गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ वार्षिक साधारणसभा तथा महिला उद्यमी समिति मोरङको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाकै कारण अहिले देशभर व्यवसायीहरु पलायन हुनुपर्ने अवस्थामा पुगेको मुख्यमन्त्री कार्कीको भनाई छ । ‘अहिले उद्योगी–व्यवसायी मर्कामा पर्नुको मुख्य कारण नै बैंकको ब्याज हो ।’, उनले भने, ‘बैंकले तरलताको अभाव देखाएर वृद्धि गरेको ब्याजदरका कारण उद्यमी लुक्न, उद्योग बन्द गर्न र पलायन हुनुपर्ने अवस्था आएको हो ।’

त्यस्तै, मुख्यमन्त्री कार्कीले साना उद्यमीले जग्गा उपलब्ध गराएमा उद्यमीको उत्पादनलाई बजारीकरण गर्न विराटनगरमा भण्डारगृहको निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले साना उद्योगले बजारीकरणका लागि आफ्नो उत्पादन गणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै बलियो प्याकेजिङका लागि आवश्यक पर्ने औजारलगायतका सामग्री सरकारले उपलब्ध गराउनेसमेत बताएका छन् ।

उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले दीर्घकालीन कृषि नीति ल्याउन विज्ञसँग छलफल गरी आवश्यक सुझाव सङ्कलन गरेको बताउँदै कृषिउपज आयात नियमन गरी विषादीलगायत आवश्यक जाँचकोे लागि क्वारेण्टाइन कार्यालय थप गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, महासङ्घका मोरङ अध्यक्ष चेतन निरौला, केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय, महिला उद्यमी समितिकी प्रदेश अध्यक्ष शिवा उपाध्यायलगायतले साना उद्योगलाई प्रवद्र्धन गर्न सरकारले आवश्यक नीति, कानुन बनाइ सहयोग गर्नुपर्नेमा जोड दिए । सो अवसरमा रोजगारी, सीप प्रदान गर्ने नरेश खत्री, सायदा तवसुम, तुलसी ढकाल र यमुना पोखरेललाई सम्मान गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: