×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सञ्चालन गर्न नजान्दा सहकारी डुबे, तर सहकारीले नै मुलुकको अर्थतन्त्र जोगाउछन्’ – केपी ओली

काठमाडौं । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अर्थतन्त्र सहकारीले जोगाउने बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा आयोजित तेस्रो सहकारी सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले सहकारी सञ्चालन गर्न नजान्दा सहकारी क्षेत्रमा समस्या आएकोसमेत दाबी गरेका छन् । ‘अहिले सहकारी क्षेत्र धेरै बदनाम भइसक्यो, यो भन्दा धेरै बदनाम हुन नपरोस् ।’, उनले भने, ‘खासमा यो सहकारी कसरी सञ्चालन गर्नुपर्छ भन्ने नजान्दा आएको समस्या हो । अब सुधार गर्नुपर्छ ।’

त्यस्तै, हाल मुलुकभर बैंक, उद्योगी-व्यापारीहरु नै समस्या परेका बेला न्यून पूँजी भएका सहकारी समस्यामा पर्नु स्वभाविक भएको ओलीको भनाई छ । तर, अब भने सहकारीले एकीकृत जग्गामार्फत कृषि उत्पादनमा लगानी गर्नुपर्छ । त्यस्तै उनले अहिलेको परिस्थितिमा सहकारीले अनुदानको अपेक्षा गर्न नहुनेसमेत बताएका छन् ।

थोरै पूँजीलाई पनि सही रुपमा सदुपयोग गर्न सके आकर्षक प्रतिफल पाइने बताउँदै ओलीले अब सहकारीहरुले खाद्य सुरक्षामा जोड दिनुपर्ने बताएका छन् । मुलुकको कुल जनसंख्याको ६० प्रतिशत जनसंख्यालाई कृषि क्रान्तिमा जोड्न सके मुलुक खाद्यान्नमा निर्भर हुनसक्ने भएको यो अहिलेको आवश्यकता भएकोसमेत ओलीको भनाई रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: