काठमाडौँ । ऋण तिर्न नसक्दा धितो लिलामी हुन्छ भन्ने सामान्य कुरा पनि नबुझ्दा आज आइतबार संसदमा अचम्मको दृश्य देखिएको छ । एक ऋणीले कुमारी बैंकबाट लिएको ऋण नतिर्दा बैंकले धितो लिलामी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले आइतबार प्रतिनिधिसभाको बैठकमा कुमारी बैंकप्रति आक्रोश पोख्दै बैंकलाई कारवाहीको समेत माग गरेपछि बैंकमा काम गरिरहेकाहरु पनि अचम्ममा परेका छन् ।
भएको के हो ?
सांसद कार्कीले संसदमा उठाएको विषय काभ्रेको पाँचखाल नगरपालिका २ निवासी ६८ वर्षीया सत्यदेवी थापासँग सम्बन्धित छ । ६८ वर्षीया थापाले कुमारी बैंकबाट ५ लाख रुपैयाँ ऋण लिएको र आय स्रोत नहुँदा उनले ऋणको किस्ता र ब्याज तिर्न नसकेको उनको भनाई छ । ऋण नउठेपछि बैंकले उनको जग्गा लिलामीमा चढाएको आरोप कार्कीको छ । सामान्य बैंकिङ प्रक्रिया अनुसार नै हुने यस्तो काम गलत भएको दाबी गर्दै उनले कुमारी बैंकलाई कारवाही गर्नुपर्ने दाबी गरिन् ।
कुमारी बैंकलाई कारवाही नै गर्नुपर्ने के हो त यो ?
होइन । एक त सांसद कार्कीले भनेजस्तो बैंकले व्यवहार मिलाउनलाई भनेर आयस्रोत नदेखाई ऋण दिंदैन । अर्को तथ्य भनेको ऋण नतिरेपछि सामान्य प्रक्रिया अनुसार नै धितो लिलाम हुन्छ । यदी ऋण नतिर्नेहरुको धितो लिलाम नगर्ने हो भने बैंकिङ सिष्टम नै फेल हुन्छ । त्यसैले यो केसमा बैंकलाई कारवाही गर्नुपर्ने केहि पनि छैन ।
यसो त कार्कीले भने अनुसार थापाले कुमारी बैंकबाट नै ऋण लिएको हो वा होइन भन्ने विषय नै यकिन भने छैन । अर्थ सरोकारसँग कुराकानी गर्दै कुमारी बैंकका अधिकारीले सो ऋणबारे बुझ्नुपर्ने र बुझेर खबर गर्ने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्