Skip to content
LAXMI SUNRISE BANK

लघुवित्तले ऋणीबाट प्रकाशित दरभन्दा बढी ब्याज लिन नपाउने, माघदेखिको आधार दर मासिक रुपमा वेबसाइटमा राख्नुपर्ने

अर्थ सरोकार

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले आफ्ना ऋणीहरुबाट प्रकाशित दरभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । राष्ट्र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशन २०७९ जारी गर्दै प्रकाशित गरेको दरभन्दा बढी ब्याज लिन नपाउने जनाएको हो । ।

‘लघुवित्त वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दुसम्म बढाउन सक्नेछन् भने कर्जाको ब्याजदरको हकमा प्रकाशित ब्याजदरभन्दा बढी दर कायम गर्न पाइने छैन ।’- राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ ।

त्यस्तै, सोही निर्देशनमार्फत राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले २०७९ माघदेखि आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्नसमेत निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशन, २०७८ तथा सो प्रश्चात २०७९ चैत ३० गतेसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत निर्देशन २०७९ जारी गरेको हो ।

यस्तो छ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०७९ः

Circular-7-D-Unified-Directives

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK