×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राज्यको ढुकुटी सुक्दैछ, मुलुकको आर्थिक समृद्धिका लागि पहिला बैंकिङ प्रणाली सुधार्नुपर्छ’- सांसद शाह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘राज्यको ढुकुटी सुक्दैछ, मुलुकको आर्थिक समृद्धिका लागि पहिला बैंकिङ प्रणाली सुधार्नुपर्छ’- सांसद शाह

Artha Sarokar

१३ बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांसद मदन कुमारी शाह (गरिमा)ले मुलुकको आर्थिक समृद्धिका लागि सबैभन्दा पहिला बैंकिङ प्रणाली सुधार गर्नुपर्ने बताएकी छिन् । बुधबार राष्ट्रिय सभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै सांसद शाहले यस्तो बताएकी हुन् ।

वित्तीय क्षेत्रको अवस्था दिनप्रतिदिन बिग्रिदै गएकोले समग्र मुलुकको आर्थिक समृद्धिको लागि पहिला बैंकिङ प्रणाली सुधार्नुपर्ने उनले बताइन् । ‘अहिलेको अवस्था हेर्दा बैंकहरु धनी भइरहेका छन् । तर, गरिब जनता गरिबीकै रेखामुनी छन् ।’, उनले भनिन्, ‘बैंकहरुमा ऋणको ब्याज साह्रै चर्को छ, निक्षेपको ब्याज चाहिँ घट्दो छ । त्यसैमाथि धनाढ्यले मात्रै ऋण पाउने अवस्था छ । त्यसैले यस्तो प्रवृत्ति र प्रणालीको अन्त्य गरी समष्टिगत रुपमा मुलुकको आर्थिक समृद्धिको विषयमा सोच्ने बेला भएको छ ।’

पछिल्लो समय ‘डाटा’ले मुलुकको अर्थतन्त्रको परिसूचक सुधारको लयमा देखाएपछि वास्तविक अर्थतन्त्रको अवस्था धरासायी नै रहेको सांसद शाहीको भनाई छ । ‘अर्थतन्त्र सुधारको संकेत देखिएको दाबी गरिए पनि खासमा अवस्था त्यस्तो छैन ।’, उनले भनिन्, ‘आयत बढेको-बढ्यै छ, निर्यात भने घटिरहेको छ । र बढ्दो आयातलाई प्रतिस्थापन गर्न नसक्दा समस्या झनै विकराल बनेको छ ।’

त्यस्तै, सांसद शाहले अहिले मुलुक पूर्ण रुपमा रेमिट्यान्समा मात्रै निर्भर रहेको बताइन् । ‘अहिले मुलुक रेमिट्यान्सकै भरमा मात्रै निर्भर छ, जुन कदापी ठिक होइन ।’, उनले भनिन्, ‘रेमिट्यान्स आउन रोकियो वा कुनै ठूलै संकट आयो भने कसरी हुन्छ ? रेमिट्यान्समै निर्भर हुँदा राज्यको ढुकुटी सुक्दैछ, बेलैमा ध्यान नदिए ठुलै संकटको सामना गर्नुपर्ने हुनसक्छ ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी