×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपाली बैंकिङ क्षेत्र सुरक्षित र मजबुत छ, सानातिना धक्काले कुनै असर गर्दैन’ – गभर्नर अधिकारी

PRIME CA
GLOBAL IME BANK

‘नेपाली बैंकिङ क्षेत्र सुरक्षित र मजबुत छ, सानातिना धक्काले कुनै असर गर्दैन’ – गभर्नर अधिकारी

२८ चैत्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र सुरक्षित र मजबुत रहेको बताएका छन् ।

मंगलबार चालु आर्थिक वर्ष २०७९÷८० को ८ महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्र मजबुत रहेको बताएका हुन् । ‘नेपालको बैंकिङ क्षेत्र बाहिर चलेको हल्लाजस्तो कमजोर छैन । बरु सुरक्षित र थप बलियो छ ।’, उनले भने, ‘बैंकिङ क्षेत्रका सूचकांकहरु मजबुत भएकै कारण सानातिना धक्काले कुनै पनि असर गर्दैन ।’

त्यस्तै, गभर्नर अधिकारीले बैंकको ब्याजदर बजारले निर्धारण गर्ने बताएका छन् । बैंकको ब्याज घट्ने र बढ्ने बजारमा निर्भर हुने बताउँदै उनले राष्ट्र बैंकको काम केही सहजीकरण गरिदिने मात्र भएको बताएका छन् ।

सोही क्रममा गनर्भर अधिकारीले पछिल्लो समय देशव्यापी रुपमा बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन चलिरहेको बेला पनि बैंकिङ सेवा प्रवाह गरेको भन्दै कर्मचारीहरुलाई धन्यवाद समेत दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: