काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव सुध्रिदै गएको बताएका छन् । राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सवको अवसरमा बोल्दै गभर्नर अधिकारीले कुनै बेला बैंकिङ क्षेत्रमा देखिएको चरम तरलता अभाव बिस्तारै सुध्रिदै गएको दाबी गरेका हुन् ।
तरलतामा आएको सुधारका कारण बैंकिङ प्रणाली सहज बन्दै गएको उनको भनाई छ । ‘हाल तरलतामा देखिएको सुधारले ब्याजदरमा परेको दबाब कम भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याज घटाउन थालेका छन् ।’, उनले भने, ‘विदेशी विनिमय दरमा पछिल्लो समयमा आएका सुधारका कारण बैंकिङ तरलतामा सुधार आएको हो ।’
त्यस्तै, उनले नेपाली अर्थतन्त्र आयातमा र रेमिटेन्समा निर्भर रहेको टिप्पणी गरेका छन् । विश्व अर्थतन्त्रमा देखिएको प्रभावको सामना गर्दै आन्तरिक समाधान गर्नु चुनौतीपूर्ण पक्ष रहेको गभर्नर अधिकारीको भनाई छ । ‘नेपाली अर्थतन्त्र बढी आयातमा र रेमिट्यान्समा निर्भर रहेकोले विश्व अर्थतन्त्रको दबाब र प्रभावको सामना गर्दै आन्तरिक समाधान खोज्नु चुनौतीपूर्ण रहेको छ ।’, उनले भने, ‘बाह्य कारणले गर्दा भने मूल्यमा दबाब कायमै रहेको छ ।’
कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि समग्र उत्पादन र उत्पादकत्व बढाउँने तर्फ क्रियाशील हुन सम्पूर्ण सरोकारवालाहरुलाई अपील समेत गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्