Skip to content
LAXMI SUNRISE BANK

आयोग गठन लगतै मिटरब्याज पीडितको आन्दोलन फिर्ता, अर्को समुहको आन्दोलन भने जारी

अर्थ सरोकार

काठमाडौं । सरकारले आयोग गठन गरे लगतै मिटरब्याज पीडितले १९ दिनदेखि गर्दै आएको आन्दोलन फिर्ता भएको छ ।

मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले विशेष अदालतको पूर्व अध्यक्ष गौरीबहादुर प्रधानको संयोजकत्वमा जाँचवुझ आयोग गठन गरेको छ । आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तम सुवेदी र महान्यायधिवक्ता कार्यालयका पूर्व नायव महान्यायधिवक्ता गणेशबहादुर आर्याल सहभागि छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।

मिटरब्याज विरुद्ध संघर्ष समितिले उच्चस्तरीय आयोग गठनको माग गर्दै गत २ चैतदेखि आन्दोलन गर्दै आएका थिए । यहीक्रममा उनीहरु महोत्तरीको बर्दिवासदेखि १२ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका थिए । काठमाडौंमा चरणवद्ध आन्दोलन गर्न थालेपछि सरकारले उनीहरुसँग वार्ता गर्न टोली गठन गरेको थियो । सोही टोलीले शनिबार उनीहरुसँग पाँच वुँदे सहमति गरेको थियो ।

सहमतिमा पीडितको समस्या सम्बोधन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्ने र आयोग गठन लगतै विरोधका सबै कार्यक्रम फिर्ता लिने लगायतका वुँदा समेटिएका थिए । सोही सहमति अनुसार संघर्ष समितिले आन्दोलन फिर्ता लिएको हो ।

यता, मिटरब्याज पीडितको अर्को समुह मिटरब्याज तथा ठगि विरुद्ध किसान-मजदुर संघर्ष समितिले भने सोमबरबाट आन्दोलन सुरु गरेको छ । उनीहरुले आन्दोलनका कार्यक्रमको सम्बन्धमा मंगलवार दिउँसो पत्रकार सम्मेलन नै राखेका छन् । रत्पार्कस्थित शान्ति बाटिकामा रहेका उनीहरुले सोमबार दिनभर माइतीघर मण्डालामा बिरोध प्रदर्शन गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK