×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्वपाले समर्थन फिर्ता लिने भएपछि आत्तिए प्रचण्ड, भने- ‘मिलेर सरकार चलाऔँ’

PRIME CA
GLOBAL IME BANK

रास्वपाले समर्थन फिर्ता लिने भएपछि आत्तिए प्रचण्ड, भने- ‘मिलेर सरकार चलाऔँ’

१५ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । रास्वपाले समर्थन फिर्ता लिए प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले फेरी विश्वासको मत लिनुपर्ने बहस चल्न थालेको छ । सोही भयका कारण प्रधानमन्त्री प्रचण्ड रास्वपाको समर्थन जोगाउन लागि परेका छन् ।

गत पुस १० गते प्रचण्डले एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायतका दल र तीन स्वतन्त्र सांसद सहित १६९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएर प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेका थिए । सोही आधारमा गत पुस १० गते उनी प्रधानमन्त्रीमा नियुक्त भए । पछि राष्ट्रपति चुनावमा सत्ता गठबन्धनमा मुटभेट सुरु भएपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिनुका साथै सरकारबाट बाहिरिने निर्णय गरे । तर, रास्वपा गत माघ २२ गते सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता लिएको थिएन । एमाले र राप्रपाले समर्थन फिर्ता लिएकै कारण प्रधानमन्त्रीले दोस्रो पटक गत फागुन ६ गते विश्वासको मत लिएका थिए ।

हाल रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले फेरी विश्वासको मत लिनुपर्छ भन्ने बहस चलेको छ । यद्यपी नेकपा माओवादी केन्द्रका नेताहरुले पुनः विश्वासको मत लिनु नपर्ने बताएका छन् । तर, रास्वपाले समर्थन फिर्ता लिए प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने विज्ञहरुको तर्क छ । यही कुराले झस्किएका प्रधानमन्त्री दाहाल रास्वपाको समर्थन जोगाउने कसरतमा जुटेका छन् ।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै प्रधानमन्त्रीले पार्टी सभापति रवि लामिछानेसँग संवाद गरेको पुष्टी गरेका छन् । ‘पार्टी सभापतिले समर्थन फिर्ता लिने अभिव्यक्ति दिएसँगै प्रधानमन्त्रीले फोन गुर्नभएको थियो । उहाँले मिलेर सरकार चलाऔँ भन्ने प्रस्ताव गर्नुभएको छ ।’, ती नेताले भने, ‘तर, यही अवस्थामा रास्वपा सरकारमा जाँदैन । हाम्रा सर्त पूरा भए भने सम्भावना रहन सक्छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: