×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्डको दाबी- ‘सन् २०२६ सम्ममा मुलुक अल्पविकसितबाट स्तरोन्नती हुन्छ’

PRIME CA
GLOBAL IME BANK

प्रधानमन्त्री प्रचण्डको दाबी- ‘सन् २०२६ सम्ममा मुलुक अल्पविकसितबाट स्तरोन्नती हुन्छ’

२७ चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्शको ७२औंँ वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रको पनि उत्तिकै साथ र सहयोग चाहेको बताए । ‘देशको अर्थतन्त्र सञ्चालनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहिआएको छ । कूल लगानीको दुई तिहाई लगानी निजी क्षेत्रबाट भएको छ ।’, उनले भने, ‘उत्पादन र रोजगारी बढाउन साथै अत्यावश्यकीय वस्तु तथा सेवाको आपूर्ति गर्नका लागि अग्रगामी भूमिका खेल्दै आएको छ ।’

त्यस्तै, उनले तीनवटै तहका सरकारले पनि आफ्नो योजना तथा नीति तर्जुमा गर्दा निजी क्षेत्रसँग समन्वय गर्दै आएको दाबी गरेका छन् । नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने योजना बनाएकोमा ती लक्ष्य पूर्ति गर्नका लागि निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहने प्रधानमन्त्री दाहालको भनाई छ ।

त्यस्तै, पछिल्ला वर्षमा अर्थतन्त्रसँग जोडिएका विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति देखिँदै गएकाले अब लगानीका क्षेत्र पनि प्राथमिकिकरण गरिनुपर्ने प्रधानमन्त्री दाहालले बताए । ‘बहुआयामिक गरिबी कम हुँदै गएको छ । शिक्षा क्षेत्र, लैङ्गिक सशक्तीकरण, खानेपानी सुविधा, विद्युत्मा पहुँचलगायका क्षेत्रमा उल्लेख्य प्रगति भएको छ ।’, उनले भने, ‘अब क्षेत्रगत रुपमा लगानीको वृद्धि र लगानीलाई प्राथमिकीकरण गर्नुपर्ने छ ।’

आन्तरिक उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न नसके यसले अर्थतन्त्रको दिगो विकासका लागि योगदान पु¥याउन नसक्ने उनको भनाइ छ । पछिल्ला दिनमा अर्थतन्त्रका आधारभूत सूचक सकारात्मक देखिँदै गएको पनि प्रधानमन्त्री प्रचण्डले दाबी गरेका छन् । ‘देशभित्रै उत्पादन हुनसक्ने वस्तु पनि ठूलो मात्रामा आयात गरिरहेका छौंँ भने दैनिक दुई हजारभन्दा युवा विदेशिरहेका छन् । तर देशको आर्थिक अवस्था त्यति खराब छैन । विदेशी मुद्रा सञ्चिति र राजस्व असुलीमा न्यून देखिए पनि ती समस्या पनि विस्तारै समाधान हुँदै गएका छन् ।’– प्रधानमन्त्री दाहालले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: