×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकबाट ऋण लिएपछि तिर्नुपर्छ, तिर्दिन भन्नु अराजकता हो, त्यसो गर्ने छुट कसैलाई छैन’- प्रधानमन्त्री प्रचण्ड

PRIME CA
GLOBAL IME BANK

‘बैंकबाट ऋण लिएपछि तिर्नुपर्छ, तिर्दिन भन्नु अराजकता हो, त्यसो गर्ने छुट कसैलाई छैन’- प्रधानमन्त्री प्रचण्ड

२८ चैत्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बैंकको ब्याज घटाउन हरसम्भव प्रयास गरिरहेको बताएका छन् । सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्दै प्रधानमन्त्री दाहालले ब्याजदर घटाउन सकारले विभिन्न उपायहरु खोजिरहेको बताएका बताएका हुन् ।

पछिल्लो समय मुलुकभर चर्को रुपमा उठेको ब्याजदर वृद्धि र अर्थतन्त्र सुधारको सवालमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीले बताएका छन् । ‘हाल मुलुकमा देखिएको आर्थिक संकट र चर्को रुपमा उठिरहेको ब्याजदर वृद्धिको विषयमा सरकारको गम्भीर ध्याकर्षण भएको छ ।’, उनले भने, ‘हुनत बाहिर चलेको जस्तो अर्थतन्त्र संकटमा त छैन तर सुधारका लागि उपायहरु खोजीरहेका छौँ ।’

त्यस्तै, पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको प्रधानमन्त्री प्रचण्डले दाबी गरेका छन् । उनले बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरुसँग बृहत् छलफल गर्ने तयारीमा रहेको समेत बताए । मुलुकको अर्थतन्त्र बिग्रनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार रहेको भन्दै प्रचण्डले यसमा भूकम्प, कोभिड, रुस र युक्रेनको युद्धलगायतका कारण रहेको बताएका छन् ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले बैंक तथा वित्तीय संस्थाविरुद्ध चर्किएको आन्दोलनका विषयमा पनि आफू गम्भीर रहेको बताएका छन् । ‘देशव्यापी रुपमा चलिरहेको बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनप्रति सरकार गम्भीर छ ।’, उनले भने, ‘बैंकबाट ऋण लिएर तिर्दिन भन्नु अराजकता हो, र त्यसो गर्न कसैलाई पनि छुट छैन । यस्ता गतिविधिप्रति सरकार कठोर बन्छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: