×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई सुध्रिने मौका दिएन, यो मेरो तेस्रो कार्यकालको मुख्य चुनौती र अवसर दुवै हो : प्रधानमन्त्री

PRIME CA
GLOBAL IME BANK

राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई सुध्रिने मौका दिएन, यो मेरो तेस्रो कार्यकालको मुख्य चुनौती र अवसर दुवै हो : प्रधानमन्त्री

२८ चैत्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अस्थिरता लगायतका कारणले मुलुकको अर्थतन्त्रलाई सुध्रिने मौका नदिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले मुलुकको राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई नराम्रोसंग धक्का दिएको बताए । ‘अर्थतन्त्र संकटमा जानुका थुप्रै कारण भए पनि सुध्रिन नसक्नुको मुख्य कारण राजनीतिक अस्थिरता हो ।’, उनले भने, ‘राजनीतिक अस्थिरताले बिग्रिएको अर्थतन्त्रलाई सुध्रिने मौका नै दिएन ।’

त्यस्तै, प्रधानमन्त्रीले बजेट र नीति निर्माणको कार्य अन्तिम चरणमा पुगेको भन्दै मुलुकको अर्थतन्त्र संकटलाई सकारात्मक रुप दिने प्रयास भईरहेको दाबी गरेका छन् ।

‘भूकम्प र कोभिडले गर्दा हाम्रो देशको अर्थतन्त्रमा नराम्रो धक्का लाग्यो । हाल मुलुकमा देखिएको आर्थिक संकटलाई मैले मेरो तेस्रो कार्यकालको मुख्य चुनौती र अवसरको रुपमा हेरेको छु ।’, प्रधानमन्त्री दाहालले भने, ‘राजनीतिक उत्तरचढाव र अस्थिरताको कारणले अर्थतन्त्र जुन जति गतिका साथ दौडिनुपर्ने हो, त्यो अनुसार अघि बढ्न अप्ठ्यारो परेकै हो । यसलाई क्रमिक रुपमा सुधार गर्दै लैजान सरकार गम्भीर छ ।’

त्यस्तै, उनले सरकारले अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन सम्पूर्ण तागत लगाउने र उत्साहजनक परिस्थिति सिर्जना गर्ने दाबी गरेका छन् । योसँगै प्रधानमन्त्री दाहालले सरकारले गरेको सकारात्मक अभ्यासले अर्थतन्त्र लगायत अन्य क्षेत्रमा देखिएको समस्याहरुको समाधान हुने विश्वास समेत व्यक्त गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: