काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सन् २०२५ सम्ममा नेपाल विद्युतमा पूर्ण रुपमा निर्भर हुने बताएका छन् । काठमाडौंमा आयोजित ‘पावर समिट २०२३’लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले नेपालको जलविद्युत क्षेत्रमा लगानीको अथाह सम्भावना रहेको जिकिर गरे । ‘हामीकहाँ जलविद्युत् क्षेत्रमा लगानीको अथाह सम्भावना छ । सम्भावनाका बाबजुत पनि हाम्रो देशको जलविद्युत क्षेत्रमा उल्लेख्य रुपमा सुधार भईसकेको अवस्था छैन ।’, उनले भने, ‘वर्षायाममा यहाँ उत्पादन हुने ठूलो मात्रामा बिजुली खेर गईरहेको छ । तर, हिउँदमा भने केही अंश आयात गर्नुपर्ने अवस्था छ ।’
त्यस्तै, उनले आगामी दिनमा मुलुक जलविद्युतमा आत्मनिर्भर हुनेसमेत दाबी गरेका छन् । ‘मलाई विश्वास छ, सन् २०२५ सम्ममा हामी जलविद्युत क्षेत्रमा पूर्ण रुपमा आत्मनिर्भर हुन्छौँ ।’, उनले भने, ‘अहिले हिउँदमा बिजुली आयात गरिरहेका छौँ तर त्यसबेलासम्म बिजुली निर्यात गर्ने राष्ट्रका रुपमा नेपाल गनिने छ ।’
योसँगै प्रधानमन्त्री दाहालले नेपालको जलविद्युत क्षेत्रमा विदेशी लगानी भित्र्याउन पनि नेपाल तयार रहेको बताएका छन् । हाल अधिकांश पोजेक्ट स्वदेशी लगानीमा चलिरहेको भए पनि विदेशी लगानी भित्रिए राज्यस्तरबाट गर्नुपर्ने जुनसुकै सहयोग गर्न पनि तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमबाटै उनले उर्जा सम्मेलनमा ‘ग्रिन इनर्जी’को विषयमा बृहत् छलफल गर्नसमेत आग्रह गरेका छन् । नेपालमा उर्जाको प्रचुर सम्भावना रहेको दाबी गर्दै प्रधानमन्त्री दाहालले यसमा लगानी बढाउनसमेत आग्रह गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्