×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको ध्यान बजेट निर्माणमा केन्द्रित, केही नयाँ र गुणात्मक बजेट बनाउने प्रधानमन्त्रीको दाबी 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सरकारको ध्यान बजेट निर्माणमा केन्द्रित, केही नयाँ र गुणात्मक बजेट बनाउने प्रधानमन्त्रीको दाबी 

Artha Sarokar

२२ चैत्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारको ध्यान बजेट निर्माण केन्द्रित हुने बताएका छन् ।

काठमाडौंमा आयोजित सहकारीकर्मीहरुको प्रथम राष्ट्रिय भेलामा बोल्दै प्रचण्डले, चाँडै सरकारले पूर्णता पाउने र सरकार आगामी नीति, कार्यक्रम र बजेट निर्माणमा गम्भीर भएर लाग्ने बताएका हुन् । उनले केही नयाँ, फरक र गुणात्मक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

अबको बजेटमा कृषि क्षेत्रले प्राथमिकता पाउने उनले बताएका छन् । उनले भने ‘नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र नै हो । यसलाई ठिक ढङ्गले बुझेर राज्यले लगानी केन्द्रित गर्न आवश्यक छ । उद्योगको हकमा पनि कृषिमा आधारित उद्योगबाहेक अरू उद्योग दीर्घकालीन समाधान होइन ।’

उनले यो पटकको बजेट निर्माणमा जनताले परम्परागत भन्दा भिन्न र नयाँ खाले परिवर्तनको राहत महसुस गर्ने गरी बजेट बनाउन आफू गम्भीर भएर लागेको दाबी गरे । उनले भने, ‘अहिले, नीति कार्यक्रम र बजेट बनाउँदा हामीले केही चिज नयाँ, फरक, गुणात्मक र जनताले प्रत्यक्ष राहत,परिवर्तन या नयाँ ढङ्गले चिज आयो भन्ने महसुस गराउन सकेनौ भने सम्पूर्ण परिवर्तन धरापमा पर्ने खतरा छ । त्यो बोध शान्ति प्रक्रिया देखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा सबै प्रक्रियाको नेतृत्व गरेको नाताले मलाई जति बढी अरूलाई हुन सम्भव नै छैन । म गम्भीर छु ।’

त्यस्तै प्रधानमन्त्रीले कतिपय शक्तिहरू परिवर्तनका मुद्दाहरू उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काममा लागेको आरोप समेत लगाए । ‘संविधान र सङ्घीयताको कार्यान्वयनमा हाम्रा बहसहरू छन् । कतिपय शक्तिहरू परिवर्तनका मुद्दाहरू उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेका छन्’ उनले भने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी