काठमाडौं । चितवन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रमाणपत्र लिएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दीलाई भारी मतान्तरले पछि पार्दै विजजी भएका लामिछानेले मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेबाट प्रमाणपत्र लिएका हुन् ।
प्रमाणपत्र लिँदै लामिछानेले उपनिर्वाचनको मतपरिणामले सिङ्गो देश परिवर्तनको पक्षमा देखिएको बताएका छन् । सोही अवसरमा उनले आफ्नो जीतसँगै जनताले दिएको मत परिवर्तनको बिगुल भएको समेत बताए । ‘जनता अन्यायमा परे, भ्रष्टाचार बढ्यो भन्दा नसुनेपछि चुनाबी मैदानमा आएको हुँ ।’, उनले भने, ‘अब मतको कदर गर्दै कसैलाई पनि अन्यायमा पर्न दिनेछैन ।’
त्यस्तै, सामान्य त्रुटीका कारण पाँच वर्षका लागि पाँच महिना अघि निर्वाचित भएर गए पनि पुनः मत माग्न आउनु परेको बताउँदै उनले जनताको अदालत सबैभन्दा ठूलो अदालत भएको बताएका छन् । विकास निर्माणमा आफूले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताउँदै लामिछानेले संसद्मा रहँदा देशको सुशासन, गरिबी, अशिक्षा ,भ्रष्टाचार अन्त्यका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुरुवातीको वर्ष विकासका योजना निर्माणमा लाग्ने र अन्य वर्षमा देखिने गरी विकासका कार्यक्रम सञ्चालन गर्ने लामिछानेको भनाई छ । ‘निर्वाचनको समयमा केही कमी कमजोरी भए क्षमा चाहान्छु । नयाँ दल भएकाले राजनीतिक अभ्यास सिक्दै गरेका छौँ । गल्ती भए माफ गर्नुहोला ।’, उनले भने, ‘नेपाली जनताले स्वर्णिम युगको खोजी गरिरहेको सङ्केत उपनिर्वाचनबाट दिएका छन् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्