×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्यअनुसार राजस्व सङ्कलन नहुनुले आर्थिक अवस्था कस्तो छ देखाउँछ : सांसद पौडेल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लक्ष्यअनुसार राजस्व सङ्कलन नहुनुले आर्थिक अवस्था कस्तो छ देखाउँछ : सांसद पौडेल

Artha Sarokar

१५ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सांसद प्रदीप पौडेलले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ५० प्रतिशत मात्रै राजस्व उठ्नु आर्थिक अवस्थाले अर्थतन्त्र कुन अवस्थामा छ भन्ने स्पष्ट पारेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कुल १४ खर्ब तीन अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा हालसम्म जम्मा सात खर्ब तीन अर्ब रुपैयाँ मात्रै राजस्व सङ्कलन हुनु राम्रो नभएको उनको भनाइ छ । उनले यही अनुपातमा राजस्व उठ्दा चालु आवको बाँकी अवधिमा करिब दुई खर्ब राजस्व थपिने बताए ।

‘यो भनेको लक्ष्यको करिब ६४ प्रतिशत मात्रै हुन्छ, यो किन र कसरी भएको छ ? किन राजस्व क्षमतामा ह्रास आएको छ ? यस विषयमा सदनमा गम्भीर समीक्षा हुनु आवश्यक छ, आजका मितिसम्म सरकारले जम्मा नौ खर्ब ७६ अर्ब खर्च गरेको छ, खर्च र आम्दानीका बीचमा तालमेल देखिएन, त्यस्तै अनुदान ? ५५ अर्ब प्राप्त गर्ने भनेकामा रु पाँच अर्ब अर्थात् आठ दशमलव ६६ प्रतिशत पनि प्राप्त गर्न सकेका छैनौँ’, उनले भने ।

वैशाख १४ गतेसम्मको चालु खर्च सात खर्ब २७ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै सांसद पौडेलले चालु खर्च धान्न रु २४ अर्ब ऋण लिनुपर्ने अवस्था सिर्जना भएको बताए । चालु खर्च धान्नसमेत राजस्वको आर्जन पर्याप्त नहुनु अत्यन्त गम्भीर विषय भएको उनको भनाइ थियो ।

दिगो एवं फराकिलो आर्थिक वृद्धिको कुरा गर्ने मुलुकमा चालु खर्च धान्न ऋण लिनुपर्ने अवस्था सिर्जना हुने विडम्बनापूर्ण अवस्था रहेकामा सांसद पौडेलले सरकारको ध्यानाकर्षण गराए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी