Skip to content
LAXMI SUNRISE BANK

‘लगानीकर्ताको पीडामा बोर्ड खुसी छैन, अभिभावकको भूमिका निर्वाह गर्न कुनै कसर छोड्दिन’- रमेश हमाल

अर्थ सरोकार

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताको पीडामा बोर्ड खुसी नहुने बताएका छन् । सोमबार लगानीकर्तामार्फत १० बुँदे ज्ञापन पत्र बुझ्दै बोर्ड अध्यक्ष हमालले यस्तो बताएका हुन् ।

ज्ञापन पत्र बुझ्दै बोर्ड अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताका मागहरुप्रति बोर्ड सकारात्मक रहेको बताएका छन् । ‘बोर्ड लगानीकर्ताको अभिभावक हो र आफ्ना सन्तती अफ्ठ्यारोमा परेको अभिभावकले टुलुटुलु हेर्न सक्दैनन् ।’, अध्यक्ष हमालले भने, ‘तपाईहरुका मागप्रति बोर्ड सकारात्मक छ । थप अध्ययन गरी पूँजी बजार सुधार र लगानीकर्ताको माग सम्बोधन गर्नेतर्फ अग्रसर हुनेछु ।’

त्यस्तै, उनले हाल पूँजी बजारमा देखिएको अफ्ठ्यारोका विषयमा अर्थमन्त्रीसँग पनि एक चरणको छलफल गसिकेको बताएका छन् ।

‘अहिले सेयर बजारमा जुन खालको प्रेसर र नकरात्मक अवस्था देखिएको छ, यसका विषयमा अर्थमन्त्रीज्यूसँग पनि छलफल गरेको छु । उहाँ यी सबै विषयमा सकारात्मक नै हुनुहुन्छ ।’, अध्यक्ष हमालले भने, ‘हामी रेगुलेटरहरु पूँजी बजारको सुधारका सवालमा असल अभिभावक बन्ने प्रयासमा तत्पर छौँ ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK