×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्वपालाई सरकारमा फर्काउने कसरतमा प्रधानमन्त्री प्रचण्ड, रास्वपाका सर्त यस्ता…

PRIME CA
GLOBAL IME BANK

रास्वपालाई सरकारमा फर्काउने कसरतमा प्रधानमन्त्री प्रचण्ड, रास्वपाका सर्त यस्ता…

१५ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा फर्काउने कोसिस गरिरहेका छन् । उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउँदै चितवन २ र तनहुँ १ मा रास्वपाले सानदार जीत निकालेसँगै प्रधानमन्त्री दाहाल रास्वपालाई सरकारमा फर्काउने कसरतमा देखिएका छन् ।

बालुवाटार स्रोतका अनुसार रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्त्री र रास्वपाका पार्टी सभापति रवि लामिछानेबीच टेलिफोन संवादसमेत भएको छ । ‘रविजीले चितवनबाट जितेसँगै प्रधानमन्त्री ज्युले उहाँलाई टेलिफोन गर्नुभएको थियो । संवादका क्रममा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा छलफल भएको थियो ।’, टेलिफोन संवादमै रविजीले समर्थन फिर्ता नलिने भन्नुभएको छ । सरकारमा सहभागी हुने बारेमा कुराकानी चलिरहेको छ ।’

यता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने सरकारमा सहभागी हुनका लागि मुख्यतया तीन सर्त अघि सारेको छ । पहिलो सरकारको निरन्तरता, दोस्रो साझा न्यूनतम कार्यक्रम पुनर्लेखन र तेस्रो पुरानै मन्त्रालय ।

रास्वपाका एक नेताका अनुसार यदी सरकार दुई वर्षका लागि स्थिर रहने ग्यारेन्टी भएको अवस्थामा रास्वपा सरकारमा जानेछ । ‘अस्थिर सरकारमा सहभागी हुनुको कुनै औचित्य हुँदैन, हामी सरकारमा जाने सरकार नटिक्ने भयो भने राम्रो हुँदैन । हामी सरकारमा काम गर्न जाने हो, काम गर्नका लागि सरकार स्थिर हुनुपर्छ ।’, उनले भने, ‘अर्को कुरा भनेको सरकारले यसअघि साझा न्यूनतम कार्यक्रममा हाम्रा विषय समेटिएको भए पनि अहिले हटेको छ । हामी सरकारमा सहभागी हुनका लागि सझा न्यूनतम कार्यक्रम पूनर्लेखन हुनुपर्छ र हाम्रा विषय समेटिनुपर्छ ।’

त्यस्तै, रास्वपाले पुरानै मन्त्रालय पाए सरकारमा सहभागी हुने सम्भावना रहने ती नेताले बताएका छन् । रास्वपाले सरकारबाट बाहिरिनुअघि उपप्रधानसहित गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएको थियो । रास्वपा सरकारबाट बाहिरिएपछि हाल गृह माओवादी, शिक्षा जसपा र श्रम मन्त्रालय लोसपाले लिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: