काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सहकारी क्षेत्रको विश्वसनीयताको खडेरी देखिएको भन्दै सचेत गराएका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहकारी क्षेत्रको विश्वासनीयताको सवालमा सचेत हुन आह्वान गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सहकारीको विश्वसनीयतामै प्रश्न उठिरहेको भन्दै संकट समाधानमा ध्यान दिन सहकारी सञ्चालकहरूलाई सुझावसमेत दिएका छन् । ‘हाल मुलुकमा सहकारी क्षेत्रको विश्वनीयता घट्दो छ । सहकारी क्षेत्रमाथि उठिरहेको प्रश्न गम्भीर छन् ।’, उनले भने, ‘यसतर्फ सहकारी सञ्चालकहरु समेत हुनुपर्छ ।’
त्यस्तै, राज्यले उच्च प्राथमिकतामा राखेको सहकारी क्षेत्रमा प्रश्न उठ्ने गरेको भन्दै प्रधानमन्त्रीले स्वनियमनको नारा नारामै मात्रै सीमित नराखी व्यवहारमा उर्तानसमेत आग्रह गरेका छन् । ‘राज्यले उच्च प्राथमिकतामा राखेको सहकारी क्षेत्रको विकास र विश्वसनीयतामै समेत केही प्रश्न र आशङ्काहरू उठिरहेको छ । जुन ठिक हुँदै होइन ।’, प्रधानमन्त्री प्रचण्डले भने, ‘स्वनियमनलाई नारामा मात्रै सीमित नराखी व्यवहारमा उतार्न अनुरोध गर्दछु ।’
प्रधानमन्त्री प्रचण्डले समाजमा गरिब समुदायको जीवनस्तर उकास्ने र सामाजिक न्यायको फराकिलो प्रणालीभित्र आबद्ध गर्नु सहकारीको मूल उद्देश्य भएको भन्दै त्यसतर्फ केन्द्रित हुन आग्रह गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्