×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवनिर्वाचित सांसदद्वय लामिछाने र वाग्लेले लिए शपथ

PRIME CA
GLOBAL IME BANK

नवनिर्वाचित सांसदद्वय लामिछाने र वाग्लेले लिए शपथ

१५ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन् । प्रतिनिधिसभाको उपनिर्वाचनबाट निर्वाचित भएका रास्वापाका सांसद्वय लामिछाने र वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

दुवैजनालाई प्रतिनिधिसभा कानुन समितिको हलमा शुक्रबार सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन् ।

उपनिर्वाचनमा बारा २ बाट निर्वाचित भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहेको छन् । उनी अहिले पनि काठमाडौं बाहिरै भएकाले शपथमा अनुपस्थित भएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: