×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोर्डलाई नयाँ ब्रोकर र स्टक एक्सचेन्ज खोल्न बाटो खुल्यो

PRIME CA

बोर्डलाई नयाँ ब्रोकर र स्टक एक्सचेन्ज खोल्न बाटो खुल्यो

२६ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल धितोपत्र बोर्डलाई नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी लाइसेन्स खोल्ने बाटो खुला भएको छ । अदालतले नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स रोक्न परेको मुद्धाको रिट खारेज गरेसँगै बोर्डलाई लाइसेन्स वितरणको बाटो खुलेको हो ।

यसअघि पेशीमा हेर्दाहेर्दैमा परेको मुद्धाको फैसला गर्दै सर्वोच्चले रिट खारेज गरेको हो । आइतबार न्यायधीश अनिल कुमार सिन्हा र सुष्मलता माथेमाको संयुक्त इजलाशले रिट खारेज गर्ने आदेश दिएको हो ।

योसँगै नेपाली पूँजीबजारको विकासको महत्वपूर्ण कडीका रुपमा लिइएको नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सेन्ज र कमोडिटी एक्सचेन्सको लाइसेन्स वितरणको बाटो खुला भएको छ । यसअघि नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स वितरणका लागि नियमावली संशोधन गरेको थियो । बोर्डले गरेको सो संशोधन कानुनसम्बद्ध रहेको अदालतले फैसलामा उल्लेख गरिएको छ ।

बोर्डले नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स खुल्ला गरेपछि सो प्रक्रिया विरुद्ध अधिवक्ता दीपकविक्रम मिश्रले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: