काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक र वस्तु विनिमय बजारको लाइसेन्सको लागि पुनः सूचना निकालेको छ । बिहीबार एक सूचना जारी गर्दै बोर्डले आगामी १० दिन भित्रमा नयाँ स्टक र वस्तु विनिमय बजारको लाइसेन्सका लागि निवदेन दिन आह्वान गरेको हो ।
बोर्डले यसअघि असोज २ गते ४५ दिनको समय दिएर नयाँ स्टक र बस्तु विनिमय बजारको लाइसेन्सको लागि आवेदन दिन भनेको थियो । तर, सर्वोच्चले ४५ दिन नपुग्दै उक्त प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको थियो । त्यसपछि सर्वोच्नले गत चैत्र २६ गते नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारको लाइसेन्स रोक्न परेको रिट खारेज भएसँगै बोर्डले पुनः प्रक्रिया अघि बढाएको हो ।
अघिल्लो समय निकालिएको सूचनामा तोकिएको म्याद अनुसार बिहीबार प्रकाशित सूचना अनुसार १० दिन भित्र निवेदन पेस गर्न बोर्डले जारी गरेको सूचनामा भनिएको छ । बोर्डको सूचना अनुसार आउने १० दिन भित्र नयाँ स्टक र बस्तु विनिमय बजारको लागि आवेदन दिन सकिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्