काठमाडौं । पूँजी बजार सुधारका लागि लगानीकर्ता संगठनले धितोपत्र बोर्डलाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार धितोपत्र बोर्डमा एक कार्यक्रमकाबीच नेपाल एन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ र नेपाल पूँजीबाजार लगानीकर्ता संघले संयुक्त रुपमा बोर्डलाई ज्ञापन पत्र बुझाएका हुन् ।
लगानीकर्ताका तर्फबाट नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पूँजीबजार लगानीकर्ता संघका सुदूरपश्चिम संयोजक कुमार थापाले बोर्ड अध्यक्ष रमेश कुमार हमाललाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउँदै शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा प्रसाद फुल्लेलले लामो समयदेखिको पर्खाइको विषय बनेको नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स रोक्न परेको मुद्धाको रिट खारेज भएकोप्रति खुसी व्यक्त गरेका छन् । साथै उनले नयाँ ब्रोकर र स्टक एक्सचेन्ज थप्ने विषयलाई उच्च प्राथामिकताका साथ लिनसमेत बोर्डलाई आग्रह गरेका छन् ।
त्यस्तै, इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकालले लामो समयदेखि ओरालो गतिमा रहेको नेपाली पूँजी बजारलाई सुधारको बाटोमा लैजान प्रभावकारी भूमिका खेल्न बोर्डलाई आग्रह गरेका छन् । सोही क्रममा नेपाल पूँजीबजार लगानीकर्ता संघको सुदूरपश्चिम संयोजक कुमार थापाले पनि पूँजी बजार सुधारका लागि बोर्डले अभिभावको भूमिका सही अर्थमा निभाउनुपर्ने बताएका छन् ।
त्यस्तै, ज्ञापन पत्र बुझ्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताका मागहरुप्रति बोर्ड सकारात्मक रहेको बताएका छन् । ‘बोर्ड लगानीकर्ताको अभिभावक हो र आफ्ना सन्तती अफ्ठ्यारोमा परेको अभिभावकले टुलुटुलु हेर्न सक्दैनन् ।’, अध्यक्ष हमालले भने, ‘तपाईहरुका मागप्रति बोर्ड सकारात्मक छ । थप अध्ययन गरी पूँजी बजार सुधार र लगानीकर्ताको माग सम्बोधन गर्नेतर्फ अग्रसर हुनेछु ।’
यस्ता छन् लगानीकर्ता संगठनले बोर्डसमक्ष राखेका मागहरुः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्