काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ बिन्दुमा पुगेको हो । आइतबार नेप्सेमा कुल २६० कम्पनीको ३७ लाख ८७ हजार २ सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ५ करोड ५ लाख ६२ हजार ४ सय ८५ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै आइतबारको सेयर बजारमा कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस अलावा सिटिजन्स म्युचुअल फण्ड-१, जीवन विकास लघुवित्त वित्तिय संस्था, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड, स्वेत-गंगा हाइड्रोपावर र सुपर माइ हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ५ करोड ५ लाख ६२ हजार ४ सय ८५ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, रिडी पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी, नेपाल रिइन्स्योरेन्स कम्पनी र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा स्वाभिमान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । स्वाभिमान लघुवित्त वित्तिय संस्थामा यस्तो गिरावट आउँदा ८.५% प्रभु बैंक डेबेञ्चर, विजया लघुवित्त वित्तिय संस्था, माया खोला हाइड्रोपावर र रिडी पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्