×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार १६.६७ अंकले घट्यो नेप्से परिसूचक

PRIME CA

सोमबार १६.६७ अंकले घट्यो नेप्से परिसूचक

२० चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार पनि सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १६.६७ अंकले घटेर १८७१.८८ बिन्दुमा पुगेको हो । सोमबार नेप्सेमा कुल २६० कम्पनीको २८ लाख २९ हजार ४ सय २६ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोडमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ६२ लाख ७९ हजार ७ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै सोमबारको सेयर बजारमा कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा महुली लघुवित्त वित्तिय संस्था, बिशाल बजार कम्पनी, एनआइसी एशिया ग्रोथ फण्ड, ८.५% एसबिएएल डेबेञ्चर २०८४ र १०% प्राइम डेबेञ्चर २०८८ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ६२ लाख ७९ हजार ७ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन डिष्ट्रिलरी, अपि पावर र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा ८.५% प्रभु बैंक डेबेञ्चर २०८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । ८.५% प्रभु बैंक डेबेञ्चर २०८७ मा यस्तो गिरावट आउँदा एशियन हाइड्रोपावर, माया खोला हाइड्रोपावर कम्पनी, जाल्पा सामुदायिक लघुवित्त र सामुदायिक लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: