×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ८.३९ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बुधबार ८.३९ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

२२ चैत्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ८.३९ अंकले बढेर १८७५.०५ बिन्दुमा पुगेको हो । बुधबार नेप्सेमा कुल २६२ कम्पनीको २६ लाख २ हजार ९ सय ५६ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोडमाथिको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ६ करोड ४३ लाख ३७ हजार ८ सय ६५ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बुधबारको सेयर बजारमा कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस अलावा सानिमा ग्रोथ फण्ड, लक्ष्मी लघुवित्त वित्तिय संस्था, समता घरेलु लघुवित्त वित्तिय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ६ करोड ४३ लाख ३७ हजार ८ सय ६५ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, गुराँस लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी र कुमारी बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा सिटिजन्स म्युचुअल फण्ड-१ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । सिटिजन्स म्युचुअल फण्ड-१ मा यस्तो गिरावट आउँदा न्यादी हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड-२, स्वेत-गंगा हाइड्रोपावर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी