काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७९ बिन्दुमा पुगेको हो । बिहिबार नेप्सेमा कुल २६९ कम्पनीको २८ लाख ७० हजार ८ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोडमाथिको सेयर कारोबार भएको छ । बिहिबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ४ करोड ९२ लाख ६ सय ७९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बिहीबारको सेयर बजारमा कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस अलावा सिटिजन्स म्युचुअल फण्ड-२, ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्था, नदेप लघुवित्त वित्तिय संस्था, नेपाल ल्युब ओयल र कुमारी धनवृद्धि योजनाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ४ करोड ९२ लाख ६ सय ७९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल रिइन्स्योरेन्स, नबिल बैंक, हिमालयन डिष्ट्रिलरी, एनआइसी एशिया बैंक र एक्सेल डेभलपमेन्ट बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहीबारको सेयर बजारमा समलिंग पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । समलिंग पावरमा यस्तो गिरावट आउँदा खप्तड लघुवित्त वित्तिय संस्था, सानिमा ग्रोथ फण्ड, आदर्श लघुवित्त वित्तिय संस्था र लक्ष्मी लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्