काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २८.३१ अंकले घटेर १८३८.४८ बिन्दुमा पुगेको हो । आइतबार नेप्सेमा कुल २६८ कम्पनीको ३८ लाख ४३ हजार ७ सय १३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १५ करोडमाथिको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ७८ लाख ५५ हजार ७ सय ४२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै आइतबारको सेयर बजारमा कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस अलावा सानिमा ग्रोथ फण्ड, ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्था, नबिल डेबेञ्चर २०८५, १२% आइसीएफसी फाइनान्स डेबेञ्चर २०८३ र एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ७८ लाख ५५ हजार ७ सय ४२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई बैंक लिमिटेड प्रमोटर सेयर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा १०.२५% माछापुच्छ्रे बैंक डेबेञ्चर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । १०.२५% माछापुच्छ्रे बैंक डेबेञ्चर २०८५ मा यस्तो गिरावट आउँदा कुमारी धनवृद्धि योजना, माया खोला हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तिय संस्था र सिंगटी हाइड्रो इनर्जीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्