×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ स्टक एक्सचेन्जका लागि ३ कम्पनीले दिए आवेदन, तीन व्यवसायिक घरानाबीच त्रिपक्षीय प्रतिष्पर्धा हुने पक्का !

काठमाडौं । नयाँ स्टक एक्सचेन्जका लागि तीन कम्पनीको आवेदन परेको छ । धितोपत्र बोर्डका अनुसार नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको हो ।

शुक्रबारसम्म हिमालयन स्टक एक्सचेन्जले मात्रै आवेदन दिए पनि आइतबार थप दुई कम्पनीको अवेदन परेसँगै नयाँ स्टक एक्सचेन्जका लागि तीन व्यवसायिक घरानाबीच प्रतिष्पर्धा हुने भएको छ ।

बोर्डका अनुसार नयाँ स्टकका लागि आवेदन दिने समय आइतबार साँझ ५ बजे सकिँदैछ । आवेदन परेका कम्पनीहरुबाट पनि बोर्डले मापदण्डका आधारमा एउटा कम्पनीलाई मात्र स्टक एक्सचेन्जको लाइसेन्स दिनेछ ।

यी हुन् हिमालयन स्टक एक्सचेन्जका सेयरधनी
बोर्डमा नयाँ स्टक एक्सचेन्जको लागि आवेदन दिएको हिमालयन स्टक एक्सचेन्जमा शंकरलाल अग्रवालसँगै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छाको लगानी रहेको छ । त्यस्तै, सो एक्सचेन्जमा महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणा, खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगर, ज्योती समूहका शौरभ ज्योती लगायतका ठूला व्यापारी र व्यावसायिक घरानाको लगानी रहेको छ । यसमा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी रहेको छ ।

यी हुन् नेशनल स्टक एक्सचेञ्जका सेयरधनी
त्यस्तै, नयाँ स्टक एक्सचेन्जकै लागि आवेदन दिएको नेसनल स्टक एक्सचेन्जमा सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको छ । योसँगै उक्त एक्सचेन्जमा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको पनि लगानी रहेको छ ।

यी हुन् अन्नपूर्ण स्टक एक्सचेन्जका सेयरधनी
आइतबार नयाँ स्टक एक्सचेन्जको लागि आवेदन दिएको अन्नपूर्ण स्टक एक्सचेन्जमा प्रस्तावित सञ्चालकका रुपमा दीपक तिमिल्सिना, महेशकुमार श्रेष्ठ ऋषि अग्रवाल, अंकित केडिया र स्वतन्त्र सञ्चालकमा रामजी रेग्मी रहेका छन् ।

हालसम्म यी तीन कम्पनीले नयाँ स्टक एक्सचेन्जको लागि आवेदन दिए पनि एक कम्पनीलाई मात्रै स्टक एक्सचेन्जको लाइसेन्स दिइनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: