काठमाडौं । सेयर गुरु सुवासचन्द्र भट्टराईले सेयर बजारमा घाटा खानेहरुमा अधिकांश सरकारी कर्मचारी भएको बताएका छन् । अर्थ सरोकारको टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले सेयर बजारमा फस्नेहरुमा सरकारी कर्मचारी धेरै भएको बताएका हुन् ।
आफूले दिने सेयर तालिमका क्रममा घाटा खानेमा सरकारी कर्मचारी धेरै भेटेको भट्टराईले बताए । ‘यो स्टक मार्केटमा अधिकांश सरकारी जागिरे नोक्सानीमा गएको भेटियो । त्यसमा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, शिक्षक लगायतका सरकारी कर्मचारी नोक्सानीमा छन् ।’, उनले भने, ‘यतिसम्म कि नेपाल राष्ट्र बैंककै पूर्व कर्मचारीसमेत घाटा गएको भेट्टाएको छु । तर, सेयर बजारले अघिल्लो पटकको बियरिसमा घाटा खाएकाहरुलाई फेरी एकपटक मौका चाहिँ दिन्छ ।’
त्यस्तै, मार्केट टकमा कुराकानी गर्दै सेयर गुरु भट्टराईले आगामी १–२ वर्षमा सेयर बजारमा अप्रत्यासित बुल देख्न पाइने दाबीसमेत गरेका छन् । ‘अघिल्लो पटक जसरी बजार अप्रत्यासित ढंगबाट घटेको थियो त्यसैगरी बढ्छ ।’, उनले भने, ‘धेरैलाई पत्याउन गाह्रो होला तर अबको १–२ वर्षमा बजारले राम्रैसँग गति लिन्छ ।’ सेयर गुरु भट्टराईसँग गरिएको बाँकी संवाद भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्