×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवनिर्वाचित सांसद डा.स्वर्णिम वाग्लेको प्रतिवद्धता – ‘तनहुँबासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु’

PRIME CA
GLOBAL IME BANK

नवनिर्वाचित सांसद डा.स्वर्णिम वाग्लेको प्रतिवद्धता – ‘तनहुँबासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु’

१२ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

मंगलबार सम्पन्न मतगणनाअनुसार डा.वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका हुन् । सो अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा.वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे । उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गरेका छन् ।

नवनिर्वाचित सांसद डा.स्वर्णिम वाग्लेले तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने प्रतिवद्धता गरेका छन् । ‘सबै राजनीतिक दलहरुसँग सहकार्य र समन्वय गरेर जनताका अपेक्षामा न्याय गर्नेछु ।’, उनले भने, ‘नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव छ । सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ ।’

मुख्य निर्वाचन अधिकृत आचार्यले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: