काठमाडौं । सेना र प्रहरीमा जागिर लगाइदिने भन्दै ४८ लाख ठगी भएको खुलासा भएको छ । सुर्खेत भेरीगङ्गा नगरपालिका ३ की लक्ष्मी सुनारले प्रहरीमा जागिर लगाइदिने तथा शान्ति सेनामा पठाइदिने आश्वासन दिएर आफूबाट करिब ४८ लाख रुपैयाँ ठगी भएको बताएकी हुन् ।
काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै पीडितले जाजरकोट स्थायी ठेगाना बताउने किरण शाही ठकुरीले आफूसहित १८ जनाको ४८ लाख रुपैयाँ गठी गरेको बताइन् । शाहीले आफ्नो श्रीमानसहित अन्य पाँच जनालाई शान्ति सेनामा पठाउने भन्दै प्रतिव्यक्ति तीन लाख रुपैयाँको दरले पैसा लिएर फरार भएको पीडित सुनारले बताएकी छिन् ।
सामान्य चिनजानकै भरमा आफूहरुलाई प्रलोभनमा पारी ठगी भएको सुनारले गुनासो गरेकी छिन् । ‘मेरो पसलमा आउँदा किरण शाही ठकुरीसँग मेरो सामान्य चिनजान मात्रै थियो । गत वर्ष पुस २८ गते उहाँले तपाईँहरूको कोही आफन्त छ भने शान्ति सेना पठाइदिन्छु भन्नुभयो । शान्ती सेना पठाउने भनेरै मेरो श्रीमान् लगायत पाँच जनाबाट तीन÷तीन लाख रुपैयाँ पनि लिनुभयो ।’, उनले भनिन्, ‘पछि उहाँले रामकृष्ण थापा भन्ने मान्छेसँग कुरा गराउनुभयो, पैसा लिएर आउन भन्नुभयो । पैसा बुझाएको एक वर्षपछि पालो आउँछ भनेको अहिलेसम्म केही टुंगो छैन ।’
यसो त किरणले विश्वासमा परेर सेना र प्रहरीमा भर्ती खुलेको बेला जागिर लगाइदिने भन्दै थप रकम असुलेकोसमेत पीडितको भनाई छ । मङ्सिरसम्म सबै काम हुन्छ भनेका शाही अहिलेसम्म सम्पर्कमा नआएपछि आफू ठगिएको भन्ने थाहा भएको पीडितले बताइन् । पीडित सुनारकै मध्यस्थतामा उक्त गिरोहले सेनामा भर्ना गरिदिने भन्दै सुनिल बिक, सन्देश सुनुवार, मोहन घर्ती, अर्जुन बुढा, दीपक नेपाली, रेशम नेपालीलाई सेनामा भर्ती गरिदिने भन्दै प्रतिव्यक्ति ३ लाख रुपैयाँ असुलेको समेत उनले बताएकी छिन् ।
त्यस्तै, प्रहरी जवानमा भर्ती गरिदिने भन्दै शान्ति परियार, समीर खत्री, सुदीप बिक, नवीन बिक, सुरज यादवलगायतका व्यक्तिहरुसँग समेत शाहिले पैसा लिएको पीडितले बताएकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्