काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताएका छन् । अर्थतन्त्र सुधार गर्नै नसकिने अवस्थामा अर्थतन्त्र गयो भन्ने हल्लामा कुनै सत्यता नभएको बताउँदै खतिवडाले खासमा अवस्था त्यस्तो नभएको बताएका हुन् ।
अर्थतन्त्रलाई चलायमान बनाउन अर्थतन्त्रका बारेमा फैलिएको नकारात्मक कुराको अन्त्य हुनुपर्ने खतिवडाको भनाई छ । ‘देशको अर्थतन्त्र बर्बाद भयो, नेपाल पनि श्रीलङ्काको अवस्थामा पुग्न लाग्योजस्ता व्याप्त हल्लाले आर्थिक क्षेत्रमा शङ्काको वातावरण सिर्जना भएको हो ।’, उनले भने, ‘यस्तै हल्लाकै कारण समस्या झन् चुलिएको छ । त्यस्ता हल्ला रोकिए लगानी भित्रिन सक्छ ।’
त्यस्तै, डा.खतिवडाले अहिले बैंकहरूसँग निक्षेप भएर पनि र कर्जा लिन सक्ने क्षमता भएका व्यवसायीले पनि कर्जा लिन डराइरहेको अवस्था भएको उल्लेख गरेका छन् । नकारात्मक हल्ला रोकिए अर्थतन्त्र चलायमान हुने दाबी गर्दै पूर्वमन्त्री खतिवडाले सरकारले लगानीको प्राथमिकता भने छुट्याउन सक्नुपर्ने धारणा राखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्