काठमाडौं । विद्यार्थीलाई चिट चराउनका लागि केन्द्राध्यक्षलाई घुस खुवाउने भन्दै रकम असुल गरेको पाइएको छ । जाजरकोटमा मंगलबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा विद्यार्थीलाई चिट चोर्न सहज बनाइदिने भन्दै रकम असुल गरेको पाइएको हो ।
जाजरकोटको कुशे गाउँपालिकास्थित लक्ष्मी माध्यामिक विद्यालय र जनता माध्यामिक विद्यालय परीक्षा केन्द्रमाट चिट चोर्न सहज बनाइदिने भन्दै विद्यार्थीबाट रकम असुल गरिएको हो । एक विद्यार्थीका अनुसार विद्यालयका लेखापालले परीक्षा दिने सबै विद्यार्थीबाट पैसा असुल गरेका हुन् । ‘चिट चोर्न पाइन्छ, कसैले केही भन्दैन भनेर पैसा माग्नुभएको हो ।’– एक विद्यार्थीले भने, ‘केन्द्राध्यक्ष र सुरक्षामा खटिएका प्रहरीलाई घुस दिने हो भनेर हामीबाट पैसा उठाउनुभएको हो ।’
यसरी चिट चोर्न सहज बनाइदिने भन्दै प्रवेश पत्र दिँदा जनता माध्यामिक विद्यालयमा लेखापाल दीपेन्द्र आरसीले प्रति विद्यार्थी एक हजार, थर्पु माविका सन्त विकले प्रतिव्यक्ति २ हजार पाँच सय र लक्ष्मी माविमा लेखापाल दलबहादुर सिंहले प्रतिव्यक्ति एक हजारका दरले रकम असुल गरेका हुन् ।
यसरी असुल गरिएको रकमबाट केन्द्राध्यक्षलाई घुस खुवाउने सर्त राखिएको एक विद्यार्थीले जानकारी दिए । ‘उहाँहरुले त्यो रकम अनिवार्य जस्तै गर्नुभएको थियो । रकम नबुझाएसम्म प्रवेश पत्र नै नदिनेजस्तो । त्यसैले रकम बुझाएका हौँ ।’, एक विद्यार्थीले भने, ‘परीक्षा शुल्क त पहिले नै तिरिसकेका हौँ तर यो चाहिँ छुट्टै रकम हो । यो पैसा तिरेपछि परीक्षामा सहजै चिट चोर्न पाइन्छ भन्ने थियो ।’
विद्यालयका एक स्टाफका अनुसार रकम असुल्ने विद्यालयहरुको विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार नै रकम असुली गरेका हुन् । तर, गैरकानुनी रकम असुलीको ‘पोल’ खुल्न थालेपछि विद्यालयका प्रअहरु विभिन्न बाहना बनाएर पन्छिन खोजेका छन् ।
यता राष्ट्रिय परीक्षा बोर्ड सुर्खेतका प्रमुख कृष्णप्रसाद श्रेष्ठले परीक्षाको समयमा विद्यार्थीबाट पैसा उठाउनु गैरकानुनी भएको भन्दै सम्बन्धित विद्यालयलाई कार्वाही गर्ने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्