Skip to content
LAXMI SUNRISE BANK

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ परेका छन् । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विचौलियाको भुमिका खेलेको आरोप लागेका रामशरण केसी र गोविन्द चौधरी रहेका छन् । हालसम्म प्रहरीले यस प्रकरणमा संलग्न १० जनालाई पक्राउ गरिसकेको छ ।

सोही प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका संघीय संसदका सांसद टोपबहादुर रायमाझी भने फरार रहेका छन् । उनी नेकपा एमालेको सचिवसमेत हुन् । मंगलबार मात्र उनको ललितपुरको सातदोबाटोस्थित निवासमा प्रहरीले छापा मारेको थियो । तर, रायमाझीको बारेमा थप केही सुराक प्रहरीले पाउन सकेको छैन् ।

यस प्रकरणमा प्रहरीले यसअघि पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सांसद रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ । यसअघि प्रहरीले केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङलाई पक्राउ गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK