×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन’- अर्थमन्त्री महत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन’- अर्थमन्त्री महत

Artha Sarokar

२६ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले बोलिसकेका कुराबाट पछि नहट्ने भन्दै सुरक्षा भत्ता कटौती नगर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बाहिर राज्यको ढुकुटी रित्तिएर सामाजिक सुरक्षा भत्तासमेत बाँड्न नसक्ने अवस्था आएको भन्दै भएको हल्लामाथि विश्वास नगर्न अर्थमन्त्री डा.महतले आग्रह गरेका छन् । ‘सामाजिक सुरक्षाका विषयमा कतिपय आशंका उठेका छन् । तर, हामीले प्रतिबद्धता गरेका सामाजिक सुरक्षाका विषयमा हामी प्रतिबद्ध छौं, त्यसलाई फूलफिल गर्छौं । त्यसलाई कटौती गर्ने कुनै योजना छैन् । हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौं ।’

त्यस्तै, अर्थमन्त्री डा.महतले अर्थतन्त्र चलायमान बनाउन आर्थिक वर्षको सुरुवातदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्नुपर्ने बताएका छन् । ‘अब हाम्रो पुँजीगत खर्चको प्रभावकारिकता बढाउनुपर्छ । हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, उदासिनता छ । हाम्रो संयन्त्रमा अन्तिम समयमा खर्च गर्ने प्रचलन छ ।’, उनले भने, ‘हामी ‘डे–वान’ देखि नै खर्चको महिना–महिनामा मनिटरिङ गर्छौं ।’

हाल सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित हुने र साधारण खर्च घटाउनुपर्ने बताउँदै अर्थमन्त्रीले अर्थतन्त्रमा देखिएका समस्या सकेसम्म यही आर्थिक वर्षभित्र सुधार गर्ने पनि दाबी गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी