काठमाडौं । अर्थमन्त्री डा.प्रकाशसरण महतले अहिलेको परिस्थितिमा देशमा धेरै बीमा कम्पनी आवश्यक नभएको बताएका छन् ।
नेपाल बीमा प्राधिकरणको ५५औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले धेरै बीमा कम्पनीलाई संचालन अनुमति दिनु नै गल्ती भएको बताए । ‘यति धेरै बीमा कम्पनीलाई सञ्चालन अनुमति दिनु नै ठिक थिएन ।’, उनले भने, ‘अब यसको कोर्ष करेक्सन हुन जरुरी छ ।’
त्यस्तै, उनले स्वस्थ, प्रतिष्पर्धात्मक र ग्राहकहरुको सुरक्षा वा जुन लक्ष्यका लागि बीमाको व्यवस्था गरिएको हो सोही अनुसार नै बीमा क्षेत्र अगाडी बढ्पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै उनले बीमा कम्पनीको प्रभावकारी अनुगमनका लागि समेत नेपाल बीमा प्राधिकरणलई निर्देशन दिएका छन् । ‘बीमा प्राधिकरणको एउटा नियामक निकायको हैसियतले प्रभावकारी भूमिका अपेक्षा गर्छु ।’- उनले भने ।
बीमा कम्पनीको दिगोपनाको लागि बीमा कम्पनीको विश्वसनियता महत्वपूर्ण हुने अर्थमन्त्री महतको भनाई रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्